मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगाका कारण एयरपोट र साँफेबगर नगरपालिका नै जोखिममा, तत्काल २० वटा तारजाली हालिने

बुढीगंगाका कारण एयरपोट र साँफेबगर नगरपालिका नै जोखिममा, तत्काल २० वटा तारजाली हालिने


अछाम।

बुढीगंगा नदिमा आएको बाढीले कटान गर्ने क्रम अझै नरोकिएपछि एयरपोट र साँफेबगर नगरपालिका नै जोखिममा रहेको छ । साउन २५ गते परेको अबिरल बर्षाका कारण नदिमा बाढी आएपछि साँफेबगर नगरपालिकाका २ सय ५८ रोपनी खेतको बालीनालीमा क्षति पुर्याएको छ ।

अबिरल बर्षाका कारण नगरपालिकाका बिभिन्न वडाहरुका १० घर भत्किएका छन् भने ७९ घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन । साँफेबगर नगरपालिकामा गठित बिपद् जोखिम व्यवस्थापन समितिको बैठक आज नगर प्रमुख कुलबहादुर कुँवरले साउन २५ गतेको बर्षाले नगरमा ठुलो क्षति गरेको जानकारी गराएका थिए ।

बुढीगंगा नदिमा आएको बाढीले २ सय ५८ रोपनी खेतको बालीनालीमा क्षति गरेको र अझै खेत कटान गर्ने कार्य नरोकिएको उनले बताए । नदिले मष्टामाण्डौ रहेको खेत कटान गर्न अझै नरोकिएकोले एयरपोर्ट र साँफेबगर नै जोखिममा रहेकोले तत्काल जोखिमलाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकमा नेपाली काग्रेसका नेता कालु सिह कुँवरले नदिबाट हुने जोखिम र क्षति न्युनिकरणका लागी दिर्घकालिन योजना नहुदा अहिले क्षति ब्यहोर्नु परेको बताए । सामान्य तारजाली हाल्ने कुरामा ध्यान नपुर्याउदा सयौ रोपनी खेत नदिले कटान गरेको उनको भनाइ थियो । हिउँदमा योजना नबनाउने बर्खा लागेपछि मात्र योजना बनाउने प्रबृत्तिले बर्षेनी क्षति बेहोर्नु परेको उनको गुनासो थियो ।

नदिले पुर्याउने क्षतिको आकल गरी गुरु योजना बनाई काम गर्न आवश्यक रहेको बैठकमा सहभागीहरुले सुझाएका छन् । सर्बपक्षिय टोलीले स्थलगत अध्ययन गरेपछि पक्कीपुलको तल खेत कटान गरेको ठाउँमा तत्काल २० वटा तारजाली हाल्ने निर्णय समेत गरेको छ ।

अहिले २० वटा तारजाली हाल्ने काम गरिने र यत्तिले केहि रोकिएमा तारजाली अझै बढाउदै लैजाने सहमति भएको नगरप्रमुख कुँवरले जानकारी दिए । साथै बैठकमा नगर प्रमुख कुँवरले जिल्लाको निर्णय अनुसार आजै देखि पसलहरु साझ ७ बजेसम्म मात्र खोल्न पाउने बिषयमा समेत जानकारी गराएका छन् ।

कोरोनाको सक्रमणदर बढ्दै गएकाले जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको र अन्तर जिल्ला आवतजजावतका लागी समेत कुनै पनी खालको पास जिल्ला प्रशासनले नदिने समेत जानकारी गराइएको छ ।

नगर प्रमुख तथा बिपद् जोखिम व्यवस्थापन समितीका अध्यक्ष कुलबहादुर कुवरको अध्यक्षतामा बसेको बैठकमा समितीका सदस्य तथा उपप्रमुख बिर्मला बुड्थापा,निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा,नेकपाका शिलोज कुवर,नेपाली काग्रेसका राजन कुवर,कालु सिह कुवर,ससस्त्र प्रहरी बल नेपाल नम्बर ४९ हेडक्वारटर खप्तड अछामका शसस्त्र प्रहरी प्रमुख जगदिश जोशी,भवानी बक्सका सह सेनानी टेकराज जोशी,ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्ट्,वडाध्यक्ष बाल गीरी कुवर,कृष्ण बुढा,उधोग बाणीज्य संघ अछामका कार्यबहाक अध्यक्ष महेन्द्र कडायत,वडा सदस्य बल बहादुर कुवर,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुँवर,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवर,जनप्रीय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवर, लगायतको उपस्थीति रहेको थियो ।