मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरबाट प्रवाह हुने सेवा एक हप्ताका लागि बन्द हुने

साँफेबगर नगरबाट प्रवाह हुने सेवा एक हप्ताका लागि बन्द हुने


अछाम । जिल्लाको साँफेबगर नगरपालिकामा एक हप्ताका लागि नगरबाट प्रबाह हुने सेवाहरु बन्द हुने भएका छन् ।

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि नगरपालिका बाट प्रवाह हुने सबै सार्वजनिक सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो ।

नगरपालिकाले हालसम्म २ हजार ५ जनालई क्वारेण्टाईनमा राखेकोमा १८२६ जना घर फर्किसकेका र हाल १६९ जना मात्रै क्वारेण्टाईनमा रहेका नगर प्रमुख कुलबहादुर कुवँरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

नगरमा १२७१ जनाको स्वाब संकलन गरिएकोमा ११८९ जनाको रिपोर्ट नेगेटिभ र १६८ जनाको रिपोर्ट पोजेटिभ आएको तथ्यांक नगरले बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

यस्तै १८३६ जनाको आरडिटी समेत गरिएको र त्यसम १५०९ जनाको नेगेटिभ तथा ३१७ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको नगरले बिज्ञप्तिमा जनाएको छ । पिसिआर परिक्षणका स्वाब संकलन गरिएका ८० जनाको भने परिक्षण हुन बाँकी रहेको समेत नगरले जनाएको छ ।