मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरकारी खेतीमा आकर्षण बढ्दो

तरकारी खेतीमा आकर्षण बढ्दो


बाजुरा – जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ का किसान तरकारी खेती गर्न थालेका छन ।तरकारी खेती गर्दा आम्दानी  हुने घर खर्च पनि चलाउन सजिलो हुने भएकाले किसान तरकारी खेती गर्न थालेको हुन ।

खेतमा धान रोपे पछि एक बोरा धान पनि हुदैन एक महिना छाक टार्न पनि गाह्रो हुन्थ्यो तरकारी खेती गर्न थाले देखि बर्ष भरी खान लाउनको समस्या भएको छैन तरकारी खेतीले जे होस सबै कुरा पुगेकै छ किसानको भनाइ छ। तरकारी खेती गर्न लागेको ३/४ बर्ष अगाडि देखि तरकारी उत्पादन गरेर बेचेर राम्रो आम्दानी  भए पछि घर खर्च केटाकेटीको पढाइ खर्च सबै हटेको छ ।

अहिले त सिराडीका कृषकले खेतमा ट्रनेल हालेर तरकारी खेतीबाट राम्रो उत्पादन गर्न सोच बनाएका छन। एक जना कृषकले दुईवटा  ट्रसट हालेर तरकारी उत्पादन गर्न थालेका छन ।कृषकलाई गाँस बाँस कपास सबै कुरा तरकारीले नै हटाएको छ ।

असार साउनमा धान रोपेर कार्तिकमा काटेर राखे पछि एक महिना पनि खान पुग्दैन  भने तरकारी खेती गर्न थाले देखि  बर्षेनि खान लाउन पुगेकै छ । तरकारी खेतीले घरपरिवारलाई खान लाउन सबै पुगेकै छ । तरकारी खेती गरे देखि आम्दानी राम्रै भएको तरकारी खेतीले अहिलेसम्म नोक्सान त्यति भएको छैन राम्रै आम्दानी  भएको छ ।

तरकारी खेती गर्न लागेको बेला देखि केटाकेटी विद्यालय पढाउन घर खर्च चलाउन  सकिने भएको तरकारी खेती गर्न थालेको बुढिनन्दा नगरपालिका वडा न ३ का किसानले बताएका छन ।बर्ष भरि धान लगाएर एक मुरी धान पनि नफल्ले खेतमा तरकारी खेती गर्न थाले देखि अहिले सम्म राम्रै भएको छ । घर खर्च चलेकै छ केटाकेटी पढाएकै छन ।

तरकारीले धेरै फाईदा नभए पनि जे हो आफुलाई खान लाउन पाएकोमा अति नै खुसी भएको बुढिनन्दा नगरपालिका वडा न ३ का कृषक सुकबिर खड्काले बताउनुभयो ।धान लगाउदा छ महिना पनि खान पुग्दैन थियो ।

तर  अहिले दुईवटा ट्रनेल हालेर तरकारी खेती गर्न थाले देखि खान लगाउन केटाकेटीलाई पढाउन लेखाउन सहज भएको हुदा हामी घरपरिवार खुसी नै भएका कृष खड्काले जानकारी दिए ।