मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रशासनमा नागरिकता बनाउनेको भीड

प्रशासनमा नागरिकता बनाउनेको भीड


‘तस्वीर – जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको भीड / गीता कुँवर

अछाम – जिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ। दैनिक ६० देखि ७० जना नागरिकता बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले जानकारी दिए ।

नागरिकता बनाउने अधिकाश भारतबाट जिल्ला फर्किएकाहरु रहेको उनले बताए । कोरोनाका कारण रोजगार गुमाएर गाउँ फर्किएकाहरु अहिले नागरिकता बनाउन प्रशासन आउन थालेपछि भीड बढेको सहायक प्रजिअ यादवले बताए ।

उनले भने ‘नागरिकता बनाउने धेरै जस्तो भारतबाट आएकाहरु छन्,कहिलेकाहि ८० देखि ९० जनासम्म नागरिकता बनाउन आउने गरेका छन्,बर्षाका कारण बाटो अबरुद्ध हुदा अझै नागरिकता बनाउन आउन पाएका छैनन्,यसले गर्दा कोरोनो जोखिम पनी उत्ति कै बढेको छ ।’ सजगता अपनाएर सेवा दिईरहेको यादवले बताए ।

जिल्लामा पनि समुदायस्तरमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अछामले सेवालाई आलोपालो गर्दे आएको छ । प्रशासन कार्यालयमा हुने भीडभाड कम गर्न जिल्ला भरीका सेवाग्राहीलाई सेवा दिन बार तोकिएको छ ।

जिल्लाको साँफेबगर नगरपालिकाका सेवाग्राहीका लागी आईतवार तोकेको छ । यसैगरी ढकारी र तुर्माखाद गाउँपालिकाका लागी सोमवार, मेल्लेख रामारोशन गाउँपालिकाका लागी मंगलवार, कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकाका लागी बुधवार, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकाका लागी बिहिवार र मंगलसेन नगरपालिकाका सेवाग्राहीका लागी शुक्रवार तोेकेको छ।