मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्की पुल बने पछि आवतजावत गर्न सहज

पक्की पुल बने पछि आवतजावत गर्न सहज


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका वडा न ४ सिम कुरुमा पुल निर्माण भएपछि आवत जावत गर्न सहज भएको छ । निकै कठिनाईका साता खोलामा वारपार गर्नुपर्ने स्थानमा पुल निर्माण भएपछि त्याहाका स्थानीय पनि बासी खुसि भएका हुन् ।

प्रदेश सरकार, स्थानीय सरकार र पिसविन बाजुराको अनुदान र श्रमदान गरि करिब २९ लाखमा निर्माण भएकोे पुलको लम्बाइ करिब ३२ मिटर,३ मिटर चौडाई ४ मिटर अग्लो रहेको पुल निर्माण समितिका अध्यक्ष जंग बहादुर रोकायाले बताए ।

सो पुल बनेपछि सिमकुरु, भाबन, गुईचौर, ज्याचे, लगाएतका ठाउँका मानिसलाई आवत जावत गर्न सहज भए पछि त हामी सारै खुसी भएका छौ खोलामा पानी बढ्दै जान्छ त्यति नै काठको पुलको चिन्ता लागि रहन्थो अहिले त हामीलाई त्यस्तो चिन्ता हटेकोमा सबै कुरु बासी खुसि भएको बढिनन्दा नगरपालिका वडा न ४ का अगुवा समाजसेवी बिसे रोकायाले भने ।

अहिले सम्म आफुहरुे त सोचेका पनि थिएनौँ यो सिमकुरुमा यस्ता पक्कि पुल बन्छ र हामीले हिड्न पाउला भन्ने तर सबै सरकारले हामी राम्रै काम बनाएको छ उनले थपे ।

पुल निर्माण भएर सबै गाउँलेलाई हिड्डुल गनर्, बालबालिकालई बिध्यालय आउन जान, भेडा बाख्रा, गाई गोरु, भैसी, लगाएतका पशु चौपायालाई पनि सजिलो भएको समाजसेवी रोकायाले बताएका छन् ।