मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुहान बगाएपछि खानेपानीको अभाव

मुहान बगाएपछि खानेपानीको अभाव


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेग बुढिनन्दा नगरपालिका वडा १ र २ पर्ने दोस्रो व्यापारी केन्द्र  कोल्टी बजारमा खानेपानीको अभाव भएको छ । गत राती मंगलबार अविरल वर्षा संगै आएको बाढिले कोल्टी बृहत खानेपानीको मुहानको ट्रकी र पाइप लाइन बगाउदा बजार गाउँमा गरि करिव पाँच हजार स्थानीयबासी र बजार बासीलाई खानेपानीको अभाव भएको हो।

कोल्टी बजारमा होटल व्यबसाय गर्नेलाई पनि खानेपानी नभएपछि टाढाबाट पानी ल्याएर होटल सञ्चालन गर्न गरेको होटेल व्यवसाय गरिहेका होटेल व्यवसायी जानकी गिरीले बताएकी छिन ।

होटेल सञ्चालन गर्न सारै कठिन भएको र यहि एक पिलेट चाउमिन बनाएर बचेर व्यापारी गर्न पनि पाईन पनि हो कि होईन थाहा छैन होटल व्यवसायी गिरीले बताइन ।

कोल्टी गाउँबाट एक घण्टा हिडेर बढ्ढिगाड खोलाको किनारामा गएर खानेपान‌ी ल्याउनु पर्ने त्यहि पनि लाइन लागेर पालो लगाएर खानेपानी  भर्नु पर्ने  समस्या रहेको बुढिनन्दा नगरपालिका वडा न २ कोल्टीकी स्थानीय महिला राजकला रेग्मीले बताएकी छन् ।  

उनले भनिन् एक गाग्री पानी भर्न  लाइनमा बस्नु पर्छ कति बेला पालो आउँछ भनेर पालो कुरेर खानेपानी बल्लतल्ल भर्न पाईन्छ । यसरी पाला अनुसार खानेपानी  नभरौ भने पनि कता जाने अन्त पानीको मुहान नै छैन कता जाने त्यहि भएर पनि  जति घण्टा लागेर भए पनि खानेपानी ल्याउने गरेको रेग्मीले जानकारी दिनुभएको छ ।