मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा थप २ जनामा कोरोना संक्रमण

बयालपाटा अस्पतालमा थप २ जनामा कोरोना संक्रमण


अछाम ।

जिल्ला स्थित न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालमा पुन २ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित २ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

सेती प्रादेशिक प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार अस्पतालका २ जनामा कोरोना पुष्टी भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको थियो । उनिहरु मध्ये एक जना एक हप्ता पहिले नै पकोरोनाको संक्रमण देखिएका पनि थिए ।

त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो । सबै २२ जना संक्रमित मध्ये एक जना पहिले नै निको भएर घर फर्किसकेका छन् ।

हाल आईश्वलेसनमा रहेका २० जनामा पनि कुनै लक्षण नदेखिएको र सरकारको प्रोटोकल अनुसार ११ दिनको आईश्वलेसन पछि डिस्चार्ज गरिने प्राबधान अनुसार उनिहरुलाई घर पठाईने डाक्टर गौचनले बताए ।

उनिहरुले कुनै प्रकारको लक्षण नदेखिएको र सबै जना स्वस्थ्य रहेका कारण घर पठाईन लागेको उनको भनाई छ । पछिल्ला अध्ययन र बिश्व स्वास्थ्य संगठनका अनुसार ११ दिन पछि कोरोना भाईरस मरिसकेको हुने भएका कारण उउनीहरु लाई घर पठाइएको हो।

पछिल्लो रिपोर्ट अनुसार संक्रमण नबढेका कारण तत्कालको लागि अस्पतालको आकस्मिक सेवा सुरु गर्न पहल भईरहेको र छिट्टै छलफल गरे निष्कर्ष निकालिने उनले बताए ।