मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा समुदाय स्तरमा कोरोना फैलिएको छैन : स्वास्थ्य कार्यालय

अछाममा समुदाय स्तरमा कोरोना फैलिएको छैन : स्वास्थ्य कार्यालय


अछाम – जिल्लामा समुदायस्तरमा कोरोना नफैलिएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।

कोरोना सक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा मात्र सक्रमण देखिएकाले यसलाई समुदायस्तरमा फैलिएको भन्न नमिल्ने स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले बताए।

जोशीका अनुसार फ्रन्ट लाईनमा खटिएका स्वास्थकर्मी, जनप्रतिनिधि, प्रहरी, एक जना होटल व्यवसायी र केहि बैकका कर्मचारीलाई देखिएकोले अहिले नै समुदायस्तर नफैलिएको बताए।

समुदायबाटै समुदायमा ट्रान्समिशन भएपछि मात्र कोरोना समुदाय स्तर फैलिएको भन्न मिल्ने जोशीको भनाई छ। तर अब समुदायस्तर फैलिने सम्भावना बढीरहेको सचेत रहन उनले सबैलाई आग्रह गरेका छन्।