मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरआज समाचार प्रभाब : मंगलसेन बजारको फोहोर व्याबस्थापन नगरले सक्रियता बढायो

सुदूरआज समाचार प्रभाब : मंगलसेन बजारको फोहोर व्याबस्थापन नगरले सक्रियता बढायो


अछाम – मंगलसेन बजारको फोहोर ब्याबस्थापनमा मंगलसेन नगरपालिकाले कार्यको थालनी गरेको छ। केहि समय अगाडी परेको अबिरल बर्षाले गर्दा नगरपालिकाको डम्फीगँ साईड सम्मको सडक अबरुद्ध भएपछि फोहोर ब्यबस्थापन रोकिएको थियो। सामाजिक संजालमा बजारको फोहोरको बिसयमा कुरा उठेपछि पहिलो पटक सुदूरआजले अव्यवस्थित फोहोरले दुर्गन्धित बन्दै जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार भन्ने शिर्षकको समाचार प्रकाशित गरेको थियो।

सो पश्चात आईतबार नगर प्रमुख पदम बहादुर बोहराको टोलिले तत्काल मंगलसेन नगरपालिकाले फोहोर ब्याबस्थापनमा कार्यमा सक्रियता देखाएको हो । टोलीमा निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायतले अनुगमन गरेर तत्काल अबरुद्ध सडक मर्मत गरि फोहोर डम्फीगँ साईडमा फाल्न निर्देशन दिएका हुन ।

फोहोरको थुप्रोले आवत जावत गर्ने समस्या लगायतका कुराहरुको सामाजीक संजालमा समेत चर्को विरोध भएपछी आफ्नो नगरले सुझाबको रुपमा लिदै ब्याबस्थापन कार्य सुरु गरेको नगर प्रमुख पदम बहादुर बोहराले बताए । नगरका जनप्रतिनीधी तथा कर्मचारीको सक्रियताले मात्र बजारको शोभा बचाउन नसकिने भएकाले सबैले साथ दिनु पर्ने उनको भनाइ छ ।

बजार नै अब्यस्थित हुने गरि फोहोर जम्मा नभएको तथा बर्खाको समयमा डम्फीगँ साईडसम्मको सडक अबरुद्धका कारण करिब १० जति मात्र समस्या आएको बताए । हिजो सोमबार देखि नियमित टिप्परले फोहोर बोकेर फाल्न सुरु गरिसकेकाले हरेक ब्यापारिलाई आफ्नो जिम्मेवारी समेत बहन गर्दै फोहोर ब्याबस्थापनमा साथ दिन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले आग्रह गरे ।

यसैबिच मंगलसेनका केही युवाहरुले आज बजार सरसफाइ गरेका हुन । फोहोरले जिल्लाको शोभा नै बिग्रिएको भन्दै जिल्लाका सक्रीय युवाहरुको सामुहिक पहलमा मंगलसेन बजार सरसफाई गरिएको हो ।