मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित फोहोरले दुर्गन्धित जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार

अव्यवस्थित फोहोरले दुर्गन्धित जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार


अछाम ।

अछामको सदरमुकाम तथा व्यापारिक केन्द्रका रुपमा रहेको मंगलसेन बजारमा फोहर व्यवावस्थापन हुन नसक्दा दुर्गन्धीत बन्न थालेको छ । बजारमा आउने नागरिकलाई समेत अव्यवस्थित फोहोरले अप्ठेरो हुने गरेको स्थानियहरु बताउछन् । बजार क्षेत्रमा जथाभाबी फालिएको फोहर व्यावस्थापन नहुदाँ बजार नै दुर्गन्धीत बनेको छ । सदरमुकामको सोभा बढाउने शहर नै अव्यवस्थित फोहोरले दुर्गन्धित बनेको हो ।

मंगलसेनका बजारबासी तथा व्यापारीहरूले समयमै सोचेको भए मंगलसेन अहिले मुख्य व्यापारीक केन्द्र भईसक्ने थियो तर ठुला व्यापारीको व्यापार सर्कलमा चलेकै छ, साना व्यापारीमा परिवर्नको आंट छैन, नगरपालिका संग पनि परिवर्नको साहास छैन भन्दै नागरिकले सामाजिक सञ्जालमा टिका टिप्पणी हुन थालेका छन् ।

हाटबजारको नाममा सानातिना तरकारी बेच्ने व्यापारीको सामान जफत भयो, रक्सी वन्द गर्ने नाममा साना व्यापारी मर्कामा परे, मासु पसल व्यवस्थित बनाउने भनियो तर नगरपालिकाकै छेउमा कसैले हेर्ने पनि सकेन भन्दै नगरमाथी प्रश्न उठ्न थालेका छन् ।

बजारमा फोहोर देखी खानेपानीका पाइपका लाईन समेत अव्यस्थित छन्, यहि अवस्था रहेमा मंगलसेन वजारको अवस्था अझ धेरै खस्कीने देखिएको छ । मंगलसेनमा हात्तिले पुच्छर हल्लांउदैन पुच्छरले हात्ति हल्लाएर सम्भब छैन भन्दै स्थानियले दुखेसो समेत पोख्ने गरेका छन् । तर कतिपयको भनाई सरसफाई गर्ने दायित्व हरेक नागरिकको पनि भएको बुझाई छ । बजारबासीले नै आफ्नो पसलबाट आउने फोहोर सही ठाँउमा व्यावस्थापन गर्नसके यस्तो अवस्था नआउने कतिपयको बुझाई हो ।

बजार क्षेत्रमा निस्केको फोहोर पहिले पहिले नगरपालिकाको टिप्परले उठाउने गरेकोमा अहिले त्यो टिप्पर कता छ भन्दै स्थानियले प्रश्न गर्न थालेका छन् । सरसफाईका लागि मात्रै भनेर नगरमा ४र५ जना कर्मचारी पनि राखिएको भएपनि काम नभएको पाईएको स्थानियको बुझाई छ ।

नेपाल सरकारका पुर्व सचिव समेत उपाध्यायले समेत मंगलसेन बजारमा देखिएको अव्यवस्थित फोहोरको बारेमा सामाजिक संजालमा कुरा उठाएका छन् । उनले लेखेका छन् करिब १० महिना अघि लाखौँ खर्च गरेर फोहोर फाल्ने भाडा किनिएकोमा हाल फोहोरको थुप्रोले भरिएर अव्यवस्थित देखिएका छन् ।

बजार सरसफाईको लागि पहिले आफुहरुले मान्छै नै राखेका थियौँ पछि आएर नगरले नै जिम्मा लिएपछि आफुहरुको भुमिका नरहेको बजार बिकाश समितीका अध्यक्ष छबी ढुंगानाले बताए । यस्तै बजार क्षेत्र भएको वडा नं. ५ का वडाध्यक्ष हरी ढुंगानाले आफुहरुले यो बिषयमा बेलाबेलामा नगरमा कुरा उठाईरहेको तर सुनुवाई नभएको बताए । पहिले त गाडी पनि बिग्रेको थियो हाल मर्मत भएर आए पनि सरसफाईको काम नभएको उनको भनाई छ । डम्पीगं क्षेत्रमा जाने बाटो समेत अबरुद्ध भएका कारण केही समस्या भएको हुन सक्ने उनको बुझाई छ ।

यसबारेमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा संग बुझ्दा उनले डम्पीगं साईट क्षेत्रमा जाने बाटो अबरुद्ध भएकाले फोहोर व्यावस्थापनमा केही ढिलाई भएको स्वीकार गरेका छन् । सरसफाई गर्नु हरेक नागरिकको दायित्व हो नगर प्रमुख बोहराले भने त्यसमा बिरोध गर्नुभन्दा पनि सबैले सकरात्मक सहयोग गर्नुपर्ने बताए । कोरोनाले गर्दा लकडाउन, निशेधाज्ञा लगायतका कारण केही क्षेत्रका काम गर्नमा कठिनाई भएकाले पनि फोहोर व्यावस्थापनमा ढिलाई भएको नगर प्रमुख बोहराको भनाई छ । अब छिट्टै यसको व्यावस्थापन गरिने र यसमा सकरात्मक भुमिका खेल्न पनि सबैमा उनले आग्रह गरेका छन् ।