मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढी पिडितलाई नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार बढी आर्थीक सहयोग

रामारोशनका बाढी पिडितलाई नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार बढी आर्थीक सहयोग


अछाम । जिल्लाको रामारोशन क्षेत्रका बाढी पिडितलाई नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी गु्रप अछामले ४७ हजार भन्दा बढी आर्थीक सहयोग गरेको छ । सैनी बजारका बाढी पहिरो पीडीतलाई राहत होस भनेर नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी ग्रप अछामले ५७ हजार ७ सय ८० रुपयाँ आर्थीक सहयोग गरेको ईन्सुरेन्सका साँफेबगर शाखा प्रमुख दिपक खड्काले बताए ।

सोमबार कैलास खोलाले क्षती गरेको रामारोशन गाउँपालीकाको सैनी बजारमै पुगेर उक्त आर्थिक सहयोग हस्तान्त्ररण गरिएको उनले सुदूरआजलाई जानकारी दिए । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यलय साफेबगरका प्रमुख दिपक बहदुर खड्का तथा एजेन्सी गु्रपका सदस्यद्वारा रामारोशन गाउँ पालिका का अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

आर्थिक सहयोग गरेको भन्दै अध्यक्ष झंकर साँउद भास्करले ईन्सुरेन्स कम्पनी तथा पदाधिकारीहरु लाई आभार सहित धन्यवाद दिएका थिए । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बिपतमा परेका हरेक मानिस बेला बलामा सहयोग गर्दै आइरहेको छ ।

आउने दिनहरुमा पनि यस्तो प्रकारको सहयोग जारी रहने शाखा प्रमुख खड्काको भनाई छ । सानो सानो सहयोग बाट संकलन गरेको रकम थोरै भएपनि मृत परिवारका लागि ठुलो राहत हुने भन्दै एजेन्सी प्रमुख महेन्द्र ठकुल्लाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

भाद्र २ गते कैलाश खोलामा आएको बिनासकारी बाढी पहिरोले सैनीबजार बगाउनुका साथै ठलो धनजनको क्षति गरेको छ । बाढीमा १७ जना बेपत्ता भएका थिए ।

यस्तै कालभैरब ज्वेलर्स प्रा.ली सञ्चालक बिन्दु सिजापती गहतराज र जगत गहतराज तथा अछाम सुनचाँदी ब्यबसाय का अध्यक्ष श्री दिपक कुमार सुनारले समेत रामारोशन गाउँपालीका बाढी पीडितलाई २५ हजार सहयोग गरेका छन।

उक्त रकम अध्यक्ष सुनारले रामारोशन गाउँपालिकाका अध्यक्ष झन्कर साउद भास्करलाई हस्तान्तरण गरेका छन् ।