मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ७ हजार भन्दा बढीको कोरोना परिक्षण

अछाममा ७ हजार भन्दा बढीको कोरोना परिक्षण


अछाम।

६ महिनाको अवधिमा अछाममा ७ हजार भन्दा बढीको कोरोना परिक्षण गरिएको छ । स्वाथ्य कार्यालय अछामका अनुसार ६ महिनाको अवधिमा ७ हजार ३ सय ९३ जनाको स्वाब परिक्षण गरिएको हो ।

जस्मा ६ हजार ३ सय ६१ जनाको रिर्पाेट नेगेटिभ आएको छ भने ९ सय १२ जनामा संक्रमण देखिएको छ । ७९ जनाको रिर्पाेट आउन बाँकी रहेको स्वास्थ कार्यालय अछामले जनाएको छ ।

चैत महिना यता जिल्लामा १५ हजार भन्दा बढी भित्रिएका छन् । जिल्लामा १५ हजार ४ सय ५० भित्रिएका स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

अछामका दश स्थानीय तह मध्ये सबै भन्दा बढी मेल्लेख गाउँपालिकामा २ हजार १ सय ११ जना भारत तथा जिल्ला बाहिरबाट भित्रिएका छन् भने सबैभन्दा कम कमलबजार नगरपालिकामा १ हजार १ सय ३९ जना भित्रिएका छन् ।

यता साँफेबगर नगरपालिका २ हजार ५९,रामारोशन गाउँपालिकामा १ हजार ४ सय ४१, मंगलसेन नगरपलिकामा १ हजार ६ सय १९, बान्नीगढी जयगढ गाउँपालिमा १ हजार ३ सय ४३ जना भित्रिएका हुन्।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा १ हजार ४९, ढकारी गाउँपालिकामा २ हजार ९५ र चौरपाटी गाउँपालिकामा १ हजार ३ सय ९१ जना भित्रिएको स्वास्थ कार्यालय अछामसंग तंथ्थाक रहेको छ ।