मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ६ स्थानीय तह तत्कालका लागी कोरोना मुक्त

अछामका ६ स्थानीय तह तत्कालका लागी कोरोना मुक्त


अछाम – जिल्लाका ६ स्थानीयतह तत्कालका लागी कोरोना मुक्त भएका छन् । दश स्थानीय तह मध्ये साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिका कोरोना मुक्त भएका हुन् ।

साफेबगरका २ सय २२, कमलबजारका २५, ढकारीका २९, मंगलसेनका १ सय १४, मेल्लेखका १ सय ३८, रामारोशनका १ सय ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि ६ पालिका कोरोना मुक्त भएका छन् ।

जिल्लाका अहिले ८ जना कोरोना सक्रमित होम आईसोलेशन तथा सस्थागत आईसोलशनमा उपचारत रहेका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा १, पञ्चदेवल बिनायक नगरपालिकामा ३, चौरपाटी गाउपालिकाका ३ र तुर्माखाद गाउँपालिकामा ४ जना कोरोना सक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा कोरोना सक्रमितको सख्या ९ सय १६ पुगेको छ भने निको हुनेको संख्या ९ सय ५ पुगेको स्वास्थ कार्यालय अछामले जनाएको छ ।

यसैगरी सोमबार अछाममा थप ३ जनामा कोरोना पुष्टि भएको छ । तुर्माखाद गाउपालिका १ र चौरपाटी गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा सक्रीय सक्रमितको संख्या ८ रहेको छ ।