मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार ११ सय ७० जनामा कोरोना पुष्टि, ८७९ डिस्चार्ज

सोमबार ११ सय ७० जनामा कोरोना पुष्टि, ८७९ डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

आज सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ८१८ जना छन् भने होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन्।

नेपालमा आज १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ। जम्मा ८ लाख ५१ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ६ हजार ८९२ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृ’त्यु भएको छ। योसहित कुल मृ’तकको संख्या ३६० पुगेको छ।