मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँ नजिकै खानेपानी पुगेपछि स्थानीय सुखी

गाउँ नजिकै खानेपानी पुगेपछि स्थानीय सुखी


बाजुरा – जिल्लाको बुढिन्दा नगरपालिका वडा न ३ सिराडीमा करिब८० घरपरिवारमा खानेपानी पुगेपछि  खानेपानीको सहज भएपछि स्थानीय बासी खुसी भएका छन ।

उक्त खानेपानी आएको बेला देखि हामी सबै सिराडीका बासीलाई पानी खान नुहाउन कपडा धुन शौचालयमा पानी हाल्न सहज भएको बुढिनन्दा नगरपालिका वडा न ३ सिराडीकी एक महिला बसन्ती चदाराले बताईन ।

उनका अनुसार पहिले खानेपानीको मुहान बगाए देखि खोलाको फोहोर पानी खाएका थियौ टाढाको कामबाट आएर खानेपानी ल्याउन जाँदा लाईनमा बसेर खानेपानी भर्नु पर्ने समस्या थियो अहिले त गाउँमा खानेपानी पुगेपछि हामी महिलालाई नै सहज भएको छ।

खानेपानीका धारा बनाए पछि अहिले त खोलाको फोहोर पानी खान नुहाउन परेको छैन हामी महिलालाई पानीको लाईनमा बसेर पानी भर्ने समस्या पनि हटेको बुढिनन्दा नगरपालिका वडा न ३ सिराडीको स्थानीय महिला तारा बोगटीले बताएकी छिन।

लगातार धारामा खानेपानी आएको बेला देखि हामी घरको काम गर्ने महिलालाई धेरै सहज स्थानीय उनको भनाइ छ। नगरपालिकाको एघार लाख आर्थिक सहयोगमा काम सम्पन्न भएको सिराडी खानेपानी उपभोक्ता समितीका अध्यक्ष जंग बोहराले जानकारी दिए।