मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, मन्त्रीसरह सुविधा पाउने

खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, मन्त्रीसरह सुविधा पाउने


काठमाडौं । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्ति गरेको छ ।

सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि खतिवडाले अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन नसकेपछि उनले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

खतिवडाले मन्त्रीसरहको सुविधा पाउनेछन् । सांसद नभए पनि ओलीले खतिवडालाई ६ महिना मन्त्री बनाएका थिए ।