मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकः भूक’म्पले झनै बढायो पहि’रोको जोखि’म

सिन्धुपाल्चोकः भूक’म्पले झनै बढायो पहि’रोको जोखि’म


काठमाडौ– बाढी पहि’रोले थिलोथिलो बनाएको सिन्धुपाल्चोकमा बुधबार विहानै आएको भूक’म्पले पहि’रोको थप जो’खिम बढाएको छ ।

त्यसै पनि भूक्षय र पहिरोको जोखिममा रहेको जिल्लामा विहान ५ः१९ मा गएको ६ रेक्टरस्केलको भूकम्पले हल्लाउँदा थप जोखिम बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता तथा डिएसपी प्रकाश सापकोटाले बताए ।

केही दिनअघि बाह्रबिसेमा गएको पहिरोको उद्धारका क्रममा पहिरो प्रभावित क्षेत्रमै रहेको जनाउँदै प्रवक्ता सापकोटाले नेपाल समयसँग भने, ‘त्यसै पनि अन्यभन्दा यो जिल्ला बाढी पहिरोको जोखिममा छ । त्यसमाथि जमिन बेस्सरी हल्लाएको छ, यसले त पहिरोको जोखिम झनै बढाइदिएको छ ।’

प्रवक्ता सापकोटाले विहानको भूकम्पबाट कुनै क्षति भएको विवरण भने नआएको बताए । उनले भने, ‘स्थानीय पालिकाका जनप्रतिनिधि, समाजका अन्य व्यक्ति, वर्गसँग बुझ्यौँ अहिलेसम्म त्यस्तो कुनै क्षति भएको सूचना आएको छैन ।

दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोमा परेर ७५ जनाले ज्यान गुमाइसकेको र करिब तीस जना मानिस अझै बेपत्ता रहेको पनि उनले स्मरण गराए ।

२०७२ को विनाशकारी भूकम्पले पनि भू–बनोटकै कारण सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।