मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको बुढीनन्दा नगरका उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित

बाजुराको बुढीनन्दा नगरका उपमेयर रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित


बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाका उपमेयर सृष्टी रेग्मी प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानीत भएका छन । मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा उनलाई सो पदकबाट सम्मानित हुने भएका हुन् ।

दिवसको अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुरा जिल्लाको बुढीनन्दा नगरको उपप्रमुखका रुपमा कार्यरत रेग्मी पनी बिभुषित हुने भएका हुन ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

यसपटक कोभिड (१९ महामारीका क्षेत्रमा महत्वपूणर् योगदान पु¥याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ४५० जनाभन्दा बढीले मानपदवी पाउने जनाइएको छ ।