मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका उपसचिव बिष्ट प्रवल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित

अछाम घर भएका उपसचिव बिष्ट प्रवल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित


अछाम ।

सुदुरपश्चिम प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालयको उपसचिव पदमा कार्यरत झंकर बहादुर बिष्ट नेपाल सरकारको प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानीत हुने भएका छन । मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा बिष्टलाई सो पदकबाट बिभुषित गर्ने भएको हो ।

अछाम जिल्लाको मंगलसेन नगरपालिका बिसाकोट घर भएका बिष्ट संबिधान दिवसको अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै प्रवल जनसेवा श्री (चथुर्त) बाट बिभुषित हुने भएका हुन । बिष्टले यसअघि अछाम जिल्लाको जिल्ला शिक्षा अधिकारीको रुपमा समेत काम गरेका थिए ।

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ ।

यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।