मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले पाक्नै लागेका धान र कोदो बगायो

पहिरोले पाक्नै लागेका धान र कोदो बगायो


बाजुरा – जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा स्थानीय तहले जथाभावी सडक खन्दा अविरल बर्षा आएपछि जताततै पहिरो गएको र कुनैमा पाक्न लागेको धान कोदो पुरिएको छ।

यस्तै कुनै ठाउँमा आवतजावत गर्ने बाटो नै बन्द भएको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीयले दुखेसो गरेका छन् । यसरी स्थानीय तहले आफ्नै मनोमानी रुपले सडक खन्दा बर्षाले गर्दा पहिरो जादा कतै धान र कोदो बगाएको छ कतै हिड्ने बाटो नै राखेको छ ।

यसरी मानिसलाई हिड्ने बाटो पनि नहुदा सिराडीका मानिसलाई आवतजावत गर्न असहज भएको र खेतमा लगाएको धान कोदो र बिर्सैनको खानेपानीको लाईन समेत अबरुद्ध भएको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय बासी धोले बोहराले बताए । उनका अनुसार स्थानीय तहले कुनै जमिनको अबलोकन नगरि जथाभावी सडक खन्दा हामीले खेतमा लगाएको धान बाली कोदाे बाली सिमी लगाएको बाली पहिरोले बगाउदा किसानले चिन्ता गरिरहेका छन् ।

माथी सडक र तल बस्ती र खेतीयोग्य जमिन भएपछि माथीबाट लगातार पहिरो आउने र हामीले लगाएको बालीमा क्षेती पुर्याए पछि हामी सिराडी बासीलाई त झन चिन्ता माथि चिन्ता थपिएको बुढिनन्दा नगरपालिका वडा न ३ का बासी बोहराले गुनासो गरे । नगरपालिकाले ग्याबिनको योजना दिएर पनि यो अविरल बर्षाले काम नै गरेन जति ग्याविन हाले पनि सिराडीका खेतमा लगाएको बाली कहिले ढुक्कसँग खान नपाईने रहेछ भन्नू हुन्छ बुढिनन्दा नगरपालिका वडा न ३ का समाजसेवी दले खड्का ।

हामीले खेति लगाउदा मिहेनत गरेर धान कोदो लगाएर अब पाक्छ भन्ने बेला हुन लाग्दा अचानक अविरल वर्षासंगै आएको पहिरोले धान कोदो बाली बगाउदा अब हामीलाई चिन्ता पो लाग्न थालि सकेको छ ।

खेतमा लगाएको धान कोदो र बजारमा अाउन जान बनेको सडकमा पनि पहिरो लाग्दा सिराडी डाँडाबाडा मेल्डुस्काका मानिसलाई आवतजावत गर्न कठिनाई भएको र पहिरो जादा बढिगाड लघु जलविद्युतको नहर समेत अबरुद्ध बनाएको सुकबिर खड्काले जानकारी दिए ।