मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रमित पुरुषको मृ’त्यु

अछाममा कोरोना संक्रमित पुरुषको मृ’त्यु


अछाम : जिल्लामा कोरोना संक्रमणका कारण १ जनाको मृ’त्यु भएको छ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुषको शनिबार जिल्ला अस्पताल अछाममा मृ’त्यु भएको हो ।

उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका थिए । मृतक पुरूषको डोटी अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्दा ९ गते पोजेटिभ देखिएको थियो ।

मृतक सहित क्वारेन्टिनमा बसेका थप १९ जनाको समेत कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य समस्या भएपछि शनिबार (आज) उनलाई जिल्ला अस्पताल मंगलसेन लागिएको थियो।

उनको आज बेलुका नौ बजे मृ’त्यु भएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ।