मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचन सुदूरपश्चिम प्रदेशबाट सम्मानित

बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचन सुदूरपश्चिम प्रदेशबाट सम्मानित


अछाम ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचन स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशबाट सम्मानित हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सुधारमा बिगत एक दशक देखि अनवरत रुपमा क्रियाशिल रही सेवा दिएको अवसरमा निर्देशक डाक्टर गौचन कदर गरिएको हो ।

आर्थिक बर्ष २०७६७७ को प्रदेशको बार्षिक समिक्षाका अवसरमा डाक्टर गौचनको कामको मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालयले उनलाई कदर पत्र सहित सम्मान गरेको हो ।

सुदूरपश्चिम प्रदेश जनताको सम्रग स्वास्थ्य स्थितीमा सुधार गर्न योगदान पुर्याएको भन्दै उच्च सम्मान सहित कदर गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आगामी दिनमा समेत यस प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि आवश्यक सहयोगको निरन्तरको समेत अपेक्षा गर्दछौँ डा. गौचनलाई प्रदान गरिएको कदर पत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचन सुदूरपश्चिम प्रदेश स्थित अछाम जिल्लाको बयालपाटा अस्पतालमा बिगत एक दशक देखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका छन् ।

मुस्ताङ जिल्ला थासांग गाउँपालिका वडा नंं ३ घर भएका डाक्टर गौचनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस तथा जनरल प्रायाक्टीस तथा इमर्जेन्सी मेडिसिनमा एमडी गरेका हुन् ।