मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

हिजो काठमाडौं बाहिरका विभिन्न कार्यक्रम सकेर फर्किँदा सामान्य ज्वरो आएको र आज परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले फेसबुक मार्फत् जानकारी दिएका छन्।

उनले आफूलाई हल्का ज्वरो आएको र त्यसबाहेक अन्य समस्या केही नदेखिएकोबताएका छन्।

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजक हुन र कुनै समस्या देखिएको भए कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।