मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवा प्रवाहमा पहिलो भएसंगै रामारोशन गाँउपालिका पुरस्कृत

स्वास्थ्य सेवा प्रवाहमा पहिलो भएसंगै रामारोशन गाँउपालिका पुरस्कृत


अछाम । अछाम जिल्लाको रामारोशन गाँउपालिका पुरस्कृत भएको छ । जिल्लामा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट काम गरेर प्रथम स्थान हासिल गरेको भन्दै प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य क्षेत्रको बार्षिक समिक्षाका अवसरमा शनिबार गाँउपालिकालाई नगद रु ४० हजार सहित सम्मान पत्रले पुरुस्कृत गरिएको हो ।

अछाम जिल्लामा सेवा प्रवाह र लगानीमा उत्कृष्ट रहेको भन्दै गाँउपालिकालाई सम्मान सहित पुरस्कृत गरिएको प्रदेशले जनाएको छ ।

पुरुस्कार ग्रहण गर्दै रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बिगत देखी हाल सम्म अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा प्रथम स्थान कायमै राख्न अवरात्र खटिएका सबैलाई धन्यवाद दिएकी छन् ।

कोरोना महामारीको लडाइँमा पनि अग्रमोर्चा रहेर काम गरेको भन्दै स्वास्थ्य क्षेत्रका सबै कर्मचारीलाई धन्यवाद दिदैँ उनले प्रदेश सरकार प्रति समेत आभार प्रकट गरेकी छन् ।