मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटन जेसीजद्धारा बर्ष २०२१ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा जेसी सुमन कृष्ण श्रेष्ठ प्रस्तुत

पाटन जेसीजद्धारा बर्ष २०२१ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा जेसी सुमन कृष्ण श्रेष्ठ प्रस्तुत


अछाम । पाटन जेसिजले नेपाल जेसिजको बर्ष २०२१ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा बर्ष २०१८ का शाखा अध्यक्ष जेसी सुमन कृष्ण श्रेष्ठलाई अघि सारेको छ । सन् २०१९ मा राष्ट्रिय उपाध्यक्ष पदमा रही काम गरिसकेका क्रियाशिल जुझारु यूवा श्रेष्ठलाई अघि सारेको हो ।

युवाहरुको मन जित्दैँ, रचनात्मक काम गर्दै अघि बढेका जेसी श्रेष्ठ आफ्नो शाखा पाटन जेसिज ५० औँ बर्ष उत्सवको अवसरमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका पदका लािग अघि बढेका छन् । जेसिज मनहरुका माझमा निकै लोकप्रिय रहेका जेसी श्रेष्ठलाई सहजै जित हासिल गर्न सकिने अनुमान गर्न थालिएको छ ।

शाखाले उनलाई बोर्ड बैठक मार्फत राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका रुपमा अघि सारेको हो । यतिबेला जेसिज ईतिहासमा शाखाले ५० बर्ष पुरा गरेको सन्र्दभमा विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।

नेपाल जेसिजका शाखाहरुमा पाटन जेसिज धेरै नै क्रियाशिल रुपमा लागिरहेको छ । उसले बिभिन्न रचनात्मक काम गर्दे आफुलाई अब्बल शाखाका रुपमा स्थापित गरेको छ । देश लकडाउनको चेपुवामा रहेको बेला पनि पाटन जेसिजले आधुनिक यूगमा सुचना प्रविधिको प्रयोग गर्दै अनलाईन मार्फत समेत कामलाई निरन्तरता दिएको बर्ष २०२० का शाखा अध्यक्ष डेजि नापितले बताईन ।

५० बर्ष देखि स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेतृत्व एवं व्यक्तित्व विकासलाई एउटा बेग्लै उचाईमा पुर्याएको पाटन जेसीजले आफ्नो ५० औं स्वर्ण जयन्ती वर्षमा जेसी श्रेष्ठलाई अघि सारेको शाखा अध्यक्ष नापितले बताईन ।

आँखामा राख्दा पनि नबिझाउने, मित्रता, सद्भाव एंव सहयोगका लागी सदैब तत्पर, हरेक जेसीज–मन सँग जोडिनुभएको, पूर्वको बाहुनडाँगी देखी पश्चिमको कर्णाली, महेन्द्रनगर र अछाम सम्मको साथीहरुको ढुकढुकी जेसी श्रेष्ठलाई नेपाल जेसीज वर्ष २०२१ का लागि अघि सारिएको उनको भनाई छ ।

अध्यक्ष नापितले श्रेष्ठलाई जिताउन साथ, सहयोग र मतको अपेक्षा राख्दै अत्यधिक बहुमतले बिजयी बनाउन जेसीजमनहरुमा अनुरोध समेत गरेकी छन् ।