मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा भएको परिक्षणमा अछामका थप २ जनामा कोरोना पुष्टी

कमलबजारमा भएको परिक्षणमा अछामका थप २ जनामा कोरोना पुष्टी


अछाम ।

जिल्लामा थप २ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको कमलबजार नगरपालिकमा संचालनमा आएको पिसिआर प्रयोगशालामा परिक्षणका क्रममा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कमलबजार नगरपालिकाका १७ र मेल्लेख गााउपालिकाका ४ जना गरी २१ जनाको परिक्षण गरिएकोमा मेल्लेख गाँउपालिकाका २ जनामा कोरोना देखिएको हो ।

२२ र ३५ बर्ष उमेर समुहका पुरुषमा कोरोना देखिएको कमलबजार पिसिआर प्रयोगशलाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।