मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको उपचार सहयोगका लागि बान्नीगढी गाँउपालिकाको ८५ हजार बढी आर्थिक सहयोग

पत्रकार बीसीको उपचार सहयोगका लागि बान्नीगढी गाँउपालिकाको ८५ हजार बढी आर्थिक सहयोग


अछाम । काठमाण्डौँमा उपचारार्थ पत्रकार ध्रुव बीसीको लागि बान्नीगढी जयगढ गाँउपालिकाकाले आर्थिक सहयोग गरेको छ । पत्रकार बीसीको उपचारमा सहयोग होस् भन्ने हेतुले गाँउपालिकाले ८५ हजार आर्थिक सहयोग गरेको छ ।

दुबै मृगौला फेर भएर काठमाण्डौँमा उपचारार्थ रहेका बीसीलाई डायलाइसिस गर्न राहत पुगोस भनेर आर्थिक सहयोग गरेको पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका बीसीले गाँउ समाजका विभिन्न समस्याका बिषयमा कलम चलाउदैँ सामाज सुधारका लागि राम्रो काम गर्दै आइरहेकाले सहयोग गरेको अध्यक्ष खड्काले बताए ।

साथै अध्यक्ष खड्काले पत्रकार बीसीको उपचारमा आवश्यक सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।

पत्रकार बीसी बिगत चारमहिना देखि काठमाण्डौँमा उपचारार्थ रहेका छन् । उनको हाल सम्म ६ लाख बढी पैसा खर्च भईसकेको छ ।

डाक्टरको सल्लाह अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने नै हो तर कोरोनाको कारण ढिलाई भईरहेको र पत्रकार बीसीको परिवारमा समेत बिसीसंग मिल्ने ब्लड ग्रुप नभेटिएका कारण ढिलाई भएको छ ।

हाल उनि डायलाइसिसको भरमा जीवन जिईरहेका छन् ।