मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाबालिकालाई मेची महाकाली संयुक्त बाजुरा शाखाद्वारा आर्थिक रकम वितरण

नाबालिकालाई मेची महाकाली संयुक्त बाजुरा शाखाद्वारा आर्थिक रकम वितरण


बाजुरा – जिल्ला पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न ४ कुरुकी नाबालिका जन्मिदै आमा गुमाएकी २० दिनकी नाबालिकालाई मेची महाकाली बुहारी संयुक्त आवाज बाजुरा शाखाले १० हजार नगद सहयोग गरेको छ ।

नेपालको मेची देखि महाकालीसम्मका महिला, किशोरी तथा बालबालिकाको हकहितका लागि मेची महाकाली बुहारी संयुक्त आवाजले आर्थिक, भौतिक तथा प्राविधिक रुपमा सहयोग गर्दै आइरहेकोले जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ४ कुरुकी आमा अम्बकला रोकायाको सुत्केरी भएलगत्तै अत्याधिक रक्त्तस्रावका कारण मृत्यु भएपछि उनले जन्माएकी नाबालिका छोरी आमा बिहीन् भएकी छिन ।

उनले आमाको दुध त के सास समेत आभास गर्न पाइनन्, उनका बुवा ललित बोहराले दुखि हुँदै भने । दुखद समाचार बाहिर आइसकेपछि नाबालिकाको पालन पोषणका लागि विभिन्न माध्यामबाट सहयोग संकलन भईरहेको बताईएको छ ।

सोही अन्तरगत महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने मेची महाकाली बुहारी संयूक्त आवाजले पनि विभिन्न माध्यामबाट रकम संकलन गरी नाबालिकाको पालन पोषणका लागि नगद रु १० हजार मेची महाकाली संयुक्त आवाज बाजुरा शाखा संयोजक सत्य रोकायाले बुढीनन्दा नगरपािलकामा पुगेर पिडितलाई स्थानिय पालिकाको रोहवारमा रकम हस्तान्तरण गरेको बाजुरा शाखा सचिव सत्य जैशीले बताएकी छिन ।

बाजुरा शाखा संयोजक सत्य रोकायाले आफ्नो व्यक्तीगत सहयोगमा नाबालिकालाई एक जोर लुगा पनि हस्तान्तरण गरेको मेची महाकाली संयुक्त आवाज बाजुरा शाखा संयोजक सत्य रोकाया, बुढीनन्दा नगरपलिकाका उपप्रमुख सृष्टी रेग्मी, वडा नं ५ का वडा अध्यक्ष कृष्णराज पाध्याय, प्रमुख प्रसाशकिय अधिकृत रामदत्त न्यौपाने, नाबालिकाका आफन्त र पत्रकारको सहभागितामा उक्त रकम नाबालिकाको पालन पोषणका लागि वितरण गरिएको हो ।