मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय अछामको आग्रह

तिहारमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय अछामको आग्रह


अछाम । जिल्ला प्रशासन कार्यालय अछामले यसपालीको तिहारमा दिउसी भैलो नखेल्न आग्रह गरेको छ । कोरोना भाईरस संक्रमणको जोखमलाई मध्यनजर गर्दै प्रशासनले भिडभाड नर्गन आग्रह गरेको हो ।

तिहारको बेला जिल्लामा ठुलो संख्यामा नागरिक भित्रिएका भन्दै भिडभाड नगर्न, कुनै किसिमको जमघट र भेला नर्गन पनि प्रशासनले सचेत गराएको प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले बताए ।

साथै अतिसबाजी र पटकाबाट आगलागी लगायतको क्षति हुने भएका कारण अति ज्वलनशिल पदार्थ बेचबिखन र प्रयोग नगर्न, जुवातास नखेल्न, नखेलाउन, नियमित पुजा बाहेक पशुबली तथा दर्शनका लागि जमघट नर्गन, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम आयोजना नर्गन पनि आग्रह गरिएको प्रजिअ उपाध्यायको भनाई छ ।

यस्तै खेलकुद प्रतियोगिता, रमाईलो मेला, सांस्कृतिक कार्यक्रम नर्गन, ठुलो स्वरमा ध्वनि प्रदुषण हुने गरी गितसंगित नबजाउन पनि प्रशासनले आग्रह गरेको छ । स्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम राख्न समेत प्रशासनले अनुरोध गरेको छ ।

अछाम जिल्लामा हाल सम्म ११ सय ५३ जनालाई कोरोना पुष्टी भएकोमा हाल ४४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ जनाको कोरोनाका कारण मृ’त्यु भईसकेको छ ।