काठमाण्डौँ । नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष पदका उम्मेदद्धार जेसी अरुणेश्वर खनालले जेसिजका कार्यक्रमलाई परिमार्जित गर्दै नयाँपन दिएर आफु अघि बढ्ने बताएका छन् ।
बिगत देखि आज सम्मका कार्यक्रम हेर्दा नियमित कार्यक्रमले मात्रै निरन्तता पाएको भन्दै आफु यसको आधुनिक ढंगले परिर्वतित गर्दै अघि बढ्नेमा जोड दिए ।
आफ्नो अर्को लक्ष्य भनेको नेपाल जेसिजलाई नेपाल सरकार, युवा परिषद लगायत राज्यका निकाय संग समन्वय सहकार्य गर्दै राज्यको एक अंगका रुपमा स्थापीत गर्ने उनको भनाइ छ ।
तिलोत्तमा जेसिज बर्ष २०२० ले आफ्नो साप्ताहिक कार्यक्रम अन्तर्गत बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धवारहरु संग आयोजना गरेको साक्षत्कार कार्यक्रममा आफ्नो भनाई राख्दै जेसी खनालले आफ्नो उद्देश्य भनेको समाज, देश, र अन्तराष्टिय स्तरसम्म नेतृत्व गर्ने यूवा जन्माउने रहेको बताए ।
२०२१ मा आफु निर्वाचित भएमा व्यावसायिक रुपमा यूवाहरुलाई सबल बनाउने खालका कार्यक्रम संचालन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।
भोटको लागि राजनिति गर्ने आफ्नो एजेण्डा होईन अध्यक्षका उम्मेद्धवार खनालले भने देशभरीका शाखालाई बलियो र सक्षम बनाउने लक्ष्य हो भन्दै सबै जेसिज मित्रलाई आफुलाई यसपटक सहयोग गर्न आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया