मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम बस दु’र्घटनाका ३ घाईतलाई थप उपचारका लागि नेपालगञ्ज लगिदैँ

अछाम बस दु’र्घटनाका ३ घाईतलाई थप उपचारका लागि नेपालगञ्ज लगिदैँ


अछाम । अछामका बस दुर्घटनाका घाईतलाई थप उपचारका हेलीकप्टर मार्फत नेपालगञ्ज लगिने भएको छ ।

आज बिहान जिल्लाको चौरपाटी गााउपालिका मार्कुमा भएको बस दुर्घनमा घाईते ३ जनालाई हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर गर्न लागिएको बयालपाटा अस्पतालले जनाएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित र वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवरलाई रेफर गरिने बयालपाटा अस्पतालले जनाएको छ ।

अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य माननिय पूर्व गृह उपप्रधान मन्त्री भिम रावलको पहलमा ३ जना बिरामीलाई उप उपचारका लागि कोहोलपुर मेडिकल कलेजमा रेफर गरिने भएको हो ।