मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढिगंगा जलविद्युत आयोजना : २५ वर्ष बित्यो निर्माणको टुंगो अझै लागेन

बुढिगंगा जलविद्युत आयोजना : २५ वर्ष बित्यो निर्माणको टुंगो अझै लागेन


अछाम : डिपिआर तयार भएको ५ महिना बितिसक्दा पनि बहुप्रतिष्ठित अछामको बुढीगंगा जलबिधुतको काम अझै सुचारु हुन सकेको छैन् । आयोजना निर्माणका लागि अध्ययन सुरु भएको २५ बर्षपछि गत श्रावण विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेको थियो ।

जलविद्युत आयोजना निर्माणका लागि बाटो खुल्ला भएको ५ महिना बितिसक्दा पनि अझै काम सुरु नभएपछि स्थानिय सरोकार मञ्चले चाँसो दिन थालेको छ । बुढीगङ्गा जलविद्युत आयोजना सरोकार मंचले बैठकको आयोजना गरी तत्काल काम सुरु गर्न दबाब दिने सहित पहल गर्ने निर्णय गरेको सरोकार मंचका प्रबक्ता प्रकाश शाहले जानकारी दिए ।

आयोजना निर्माण स्थलमा सरोकार मंचका अध्यक्ष कमल साउदको अध्यक्षतामा भएको बैठकले आयोजनाको काम लाई तीब्र गतिमा अगाडि बढाउने जिल्ला स्थित सरोकार निकाय, पालिका स्थित प्रमुख लगायतको आमभेला गर्ने र सरोकार मंचको लागि कार्यलय माग गर्ने लगायतका निर्णय गरेको छ ।

गत आर्थिक बर्षको अन्त्यमा डिपिआर स्वीकृत भएपछि आयोजना निर्माणका लागि बाटो खुलेको थियो । सरकार आफैले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढिगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएपनि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउन निकै ढिलाई भएको थियो ।

जलविद्युत आयोजनाको डिपिआर ढिलो गरी तयार भएपनि आयोजना स्थल सम्म पुग्ने ७ सय ६७ मिटर सडक र पुल निर्माणको कार्य भने सम्पन्न भएको बुढिगंगा जलविद्युत आयोजनाकी प्रवक्ता ईन्जिनियर पुनम पाण्डेयले बताईन् ।

अष्ट्रेलीयन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बुढिगंगाको डिपिआर बनाएपछि सरकारले स्वीकृत गरेसंगै बुढिगंगा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी रहेको उनले बताईन् ।

उनका अनुसार कार्यालय भवनको निर्माण यसअघि नै सकिएको थियो । बुढिगंगा जलविद्युत आयोजनामा साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले एक अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ ।

अध्ययन सुरु भएको २५ वर्षमा डिपिआर तयार भएकोमा जलविद्युत आयोजनाको निर्माण २०८० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलमानपुर सम्म पुगाएर केन्द्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य छ ।