मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तलब नदिएको आ’रोपमा अध्यक्ष र प्रधानाध्यापक प’क्राउ

तलब नदिएको आ’रोपमा अध्यक्ष र प्रधानाध्यापक प’क्राउ


बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ३ भुलेनाको कालिका आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक पक्राउ परेका छन्।

बिद्यालयमा कार्यरत एक शिक्षिकालाई तलब नदिएको भन्दै उजुर गरेपछि सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पाटी(नेकपा) बुढीनन्दा नगर कमिटी अध्यक्ष जंगवीर रोकाया र प्रधानाध्यापक मानबहादुर विष्टलाइ पक्राउ गरेको हो ।

विद्यालयमा कार्यरत शिक्षिका सिता तिमिल्सेनाले तलब नपाएको गुनासो र सरकारी कागजात नष्ट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिए। प्रधानाध्यापक विष्टले विद्यालय व्यवस्थापन समितिले गरेका निर्णय च्यातेर अर्काे निर्णय गरेको गाली गलौज गर्ने र विद्यालयमा रक्सी खाएर जाने  गरेको जनगुनासो आएको प्रहरी प्रमुुख महराले बताए । 

उक्त विद्यालयमा कार्यरत शिक्षिका सिता तिमिल्सेनाले विगत तीन वर्ष देखि तलव नपाएर विभिन्न निकायमा गुहार समेत मागेकी थिइन् । शिक्षिका तिमिल्सेना लागयत ५ जना शिक्षकले २०७५ देखि हालसम्म तलव नपाएको र सुचना माग्दा अध्यक्ष र प्रअ दुबै जनाले आलटाल गर्दै धम्काउने काम गर्दै आएको पिडीत शिक्षिकाले बताएकी छिन् ।

शिक्षिका तिमिल्सीनाले विभिन्न निकायमा आफुले तलव नपाएको भनी निवेदन दिएको र उनले के कती कारणले तलव नपाएको र बिद्यालयले नदिएको भन्ने विषयमा दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरी प्रमुख महाराले बताएका छन ।