मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ११ सय ५५ कोरोना संक्रमित निको भएर घर फर्किए

अछाममा ११ सय ५५ कोरोना संक्रमित निको भएर घर फर्किए


जिल्लामा हालसम्म ४ जनाको मृत्यु

अछाम : जिल्लामा बिहिबार १० जना कोरोना संक्रमित थपिएका छन् । १ महिला र ९ पुरुष सहित १० जना कोरोना संक्रमित थपिएका कमलबजार प्रयोगशालाले जनाएको छ ।

नयाँ कोरोना संक्रमित थपिनेमा जिल्लाको मंगलसेन नगरपालिकाका ४ जना पुरुष, साँफेबगर नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, बान्नीगढी जयगढ गाँउपालिकाका ३ जना पुरुष रहेका छन् ।

यस्तै बान्नीगढी जयगढ गाँउपालिकाका ३ जना पुरुषमा पुन परिक्षणमा समेत कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

प्रयोगशाला स्थापना भएपश्चात कमलबजार पिसिआर प्रयोगशालामा आजसम्म २ हजार ५३ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ८५ जना संक्रमित भेटिएका छन् ।

यस्तै ४५ जनाको पुन परिक्षण गरिएकोमा १८ जनाको दोश्रो पटक समेत कोरोना पोजेटिभ देखिएको प्रयोगशालाद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

जिल्लाभरीबाट १० हजार ९ सय ५४ जनाको स्वाब संकलन गरी परिक्षण गरिएकोमा अछाममा हालसम्म १२ सय २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले बताए ।

सुचना अधिकारी जोशीका अनुसार ११ सय ५५ जना निको भएर घर फर्किसकेका छन् भने जिल्लामा सक्रिय संक्रमितको संख्या ६३ रहेको छ । कोरोनाका कारण अछाम जिल्लामा हालसम्म ४ जनाको मृत्यु भईसकेको छ ।