मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानालाई कोरोना संक्रमण

स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानालाई कोरोना संक्रमण


अछाम : जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको अर्गमोर्चामा खटिएका स्वास्थ्य कार्यालय अछामका प्रमुख लाई समेत कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानालाई शुक्रबार कोरोना पुष्टी भएको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

स्वास्थ्य प्रमुख ढुंगाना अछाममा सुरुवात देखि नै कोभिड रोकथाम र नियन्त्रणका लागि अर्गमोर्चामा रहेर खटिएका थिए । उनले जिल्लाका विभिन्न पालिकामा पुगेर समन्वय गर्ने, स्वास्थ्य डेस्क स्थापना गर्ने, बैठक गर्ने, आवश्यक सामाग्री उपलब्ध गराउने लगायतका काममा सक्रिय भएर काम गरिरहेका छन् ।

कोरोना संक्रमण भएपछि उनि आज देखि सुरक्षित होम आईश्वलेशनमा बसेका छन् । स्वास्थ्यमा सामान्य रुघाखोकी बाहेक अन्य अवस्था सामान्य रहेको उनले सुदूरआजलाई बताए ।