मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी जोशीलाई कोरोना संक्रमण

स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी जोशीलाई कोरोना संक्रमण


अछाम : जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको अर्गमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, सुचना अधिकारी देव जोशी, पञ्चदेवल बिनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मिकान्त बजगाँई र बान्नीगढी जयगढ गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्त रावललाई कोरोना संक्रमण भएको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

बिष्टका अनुसार चारै जनालाई शुक्रबार कमलबजारमा पिसिआर प्रयोगशालामा भएको परिक्षणमा कोरोना पुष्टी भएको हो । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षित होम आईश्वलेसनमा बसेको सुचना अधिकारी जोशीले बताए ।

स्वास्थ्य प्रमुख ढुंगाना अछाममा सुरुवात देखि नै कोभिड रोकथाम र नियन्त्रणका लागि अर्गमोर्चामा रहेर खटिएका थिए भने सूचना अधिकारी जोशी र स्वास्थ्य शाखा प्रमुख बजगाँई र रावल समेत जिल्ला सक्रिय रहेर काम गरिरहेका छन्।

कोरोना संक्रमण भएपछि सबै जना सुरक्षित होम आईश्वलेशनमा बसेका छन् । स्वास्थ्यमा सामान्य रुघाखोकी बाहेक अन्य अवस्था सामान्य रहेको उनीहरुले सुदूरआजलाई बताएका छन् ।