मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा २९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ सय ७० पुग्यो

अछाममा २९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ सय ७० पुग्यो


अछाम । जिल्लामा कोरोना भाईरस कोभिड १९ को संक्रमण दर दिनानुदिन बढ्ने क्रम जारी रहेको छ । पछिल्लो केहि दिन यता जिल्लामा संक्रमण दर उच्च रहेको छ । जिल्लाको सदरमुकाम रहेको नगरपालिका मंगलसेनमा कोरोनाको संक्रमण बढी देखिन थालेको छ ।

आईतबार जिल्लामा थप २९ जनामा कोरोनाको संक्रमण देखिएको छ । कमलबजार नगरपालिका अन्र्तगत प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा १० महिला र १९ पुरुष गरी २९ मा संक्रमण देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

नयाँ संक्रमण देखिनेमा आज पनि बढीजसो मंगलसेन नगरपालिकाका नै रहेको सुचना अधिकारी बिष्टले सुदूरआजलाई जानकारी दिए । आईतबार मंगलसेन नगरपालिका ४ महिला र ७ पुरुष गरी ११ जना, कमलबजार नगरपालिकाका २ महिला र ७ पुरुष गरी ९ जना, टिकापुर नगरपालिका घर भएका १ जना महिला, पचदेवल बिनायक नगरपालिकाका २ महिला १ पुरुष तथा तुमाखाँद गाँउपालिकाका १ महिला र २ पुरुष गरी जम्मा २९ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

कमलबजार पिसिआर प्रयोगशालमा हालसम्म परिक्षण गरिएका २ हजार ३ सय २ मा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने दोश्रो पटक जाँच गरिएका ५६ जना मध्ये २३ जनामा समेत पुन कोरोना पोजेटिभ देखिएको प्रयोगशाला द्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

अछाम जिल्लामा कोरोनाबाट संक्रमति हुनेको संख्या १ हजार ३ सय २८ पुगेको छ भने जसमा १ हजार १ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरोनाको संक्रमणबाट जिल्लामा ४ जनाको मृत्यु भईसकेको छ भने १ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।