मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनितिमा शक्तिशाली अछामका नैनबहादुर स्वाँर

राजनितिमा शक्तिशाली अछामका नैनबहादुर स्वाँर


अछाम : नैनबहादुर स्वाँरको जन्म १९८४ मसिर ९ गते अछामको साबिकको रिडिकोट गाबिसमा भएको थियो । आमा कौशिल्य देबी स्वाँर र बुवा हर्कजंग स्वाँरका साईला सुपुत्र हुन् नैनबहादुर । उनले काठमाडौंको दरबार हाइस्कुलबाट आईए पास गरेका थिए । उनले अछामबाट २००४ सालबाट आफ्नो राजनितिक यात्रा सुरु गरेका थिए ।

राजनितिमा शक्तिशाली व्यक्तिको रपमा परिचित स्वाँर २०३७ सालमा कानुन तथा न्यायमन्त्री तथा २०३८मा गृहमन्त्री भएका थिए भने पञ्चायत कालको अन्तिम मन्त्रिमण्डल २०४६ मा समेत केही समय उनी गृहमन्त्री भएका थिए। उनी २०२४, २०२९, २०३६ र २०३८ सालमा गरी ४ पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। यस्तै २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए।

यस्तै २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए। पञ्चायति व्यवस्थाबिरुद्ध राजनैतिक दलले २०४६ मा आन्दोलन सुरु गरे । त्यो आन्दोलन चर्कदै गएपछि मरिचमान सिंह प्रधानन्त्रीबाट हटाइए र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । उक्त मन्त्रिमण्डलमा चन्दले स्वाँरलाई गृहसहित ९ वटा मन्त्रालयको जिम्मेवारीमा दिएका थिए । उनी नेपाली काँग्रेसका पुर्ब केन्द्रिय आमन्त्रीत सदस्य तथा महासमिति सदस्य समेत रहेका थिए ।

पटक पटक नेतृत्व तहमा पुग्दा उनले जिल्लाको भौतिक,शैक्षिक र स्वास्थ क्षेत्रमा ठुलो योगदान पुर्याएको यहाँका राजनितिक अगुवाहरु सम्झीन्छन् । २०२६ सालमा बुढीगंगा नदि वारी अछाम र पारी डोटी थियो । नैनबहादुर स्वाँरले नदि पारी डोटीमा रहेका साबिकका १३ गाबिस अछाममा गाभे । स्वाँरले २०३६ सालमा डोटीमा रहेका गाबिस अछामतिर ल्याएपछि अछाममा दुई निर्वाचन क्षेत्र भएको राजनितिक अगुवा कालुसिह कुँवरले बताए । उनले भने,‘१३ गाबिस अछाममा आएपछि डोटीका नेताहरु रुष्ट भए,डोटीमा एक निर्वाचन क्षेत्र भयो भने अछाममा दुई भए । उनको पालामा अछाममा झोलुङ्गे पुल बनाउने काम पनी भयो, बयलपाटा अस्पताल स्थापना गर्न उनले ठुलो पहल गरे । अस्पतालमा लागी २०३४ मा बिद्रोह जस्तै भयो । त्यस बखत उनलाई ६ महिना समेत नजरबन्दमा राखियो । लामो सर्घषपछि अस्पताल बन्यो ।’

स्वाँरको पुर्खेउली जग्गा तराईतिर ८० बिगाह थियो । जति पनी उनले चुनाब लडे त्यति बेला उनले आफ्नो पुर्खेउली जमिन बेचेर राजनिति गरे । उनले पटक पटक मन्त्री बन्दा व्यक्तिगत जिवनमा लाभ कहिल्यै लिएनन् । हक्की र निडर स्वभावका स्वाँर स्वच्छ छबि भएका ब्यक्ति थिए । जनमत संग्रहपछि सम्पन्न राष्ट्रिय पञ्चायतको सदस्यको निर्वाचनपछि सूर्यबहादुर थापाको अध्यक्षतामा गठित मन्त्रिपरिषमा नैनबहादुर स्वाँर शक्तिशाली गृहमन्त्री भए ।

नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वाँरका अनुसार निडर स्वभावका स्वारँदेखि सुर्यबहादुर थापा समेत डराउथे । उनले भने,‘लोभलालच उनलाई थिएन,उनी हक्की कुरा गर्थे,डर मान्थेनन्, त्यसैले पनी थापा डराउथे,पञ्चायतकालीन राजनीतिमा लामो समय बिताएका स्वाँर स्वच्छ छवि भएका नेताका थिए,पैतृक सम्पत्ति बेचेर गुजारा गरे तर न कहिल्यै उनले भ्रष्टाचार गरेको सुनिएन,अहिले त केही महिना सत्तामा पुग्नेहरूले पनि सम्पत्ति जोड्नै तँछाडमछाड गरेको देखिन्छ ।’ तिरो तिर्ने मालअड्डा, विद्यालय, हुलाक स्थापना, बाटो सुधार लगायतका माग राख्दै २०१४ सालको ‘राजा घेराउ’ आन्दोलनमा स्वाँर सहभागी रहेको सभापति स्वाँरले बताए । ७ दशकअघि अछामको बयलपाटामा स्थापना गरिएको नवदुर्गा मिडिल स्कुल स्थापना गर्ने र साँफेबगर बिमानस्थल निमार्ण गर्ने श्रेय पनि पूर्वगृहमन्त्री स्वाँरलाई नै जान्छ ।

अछाम र काठमाण्डौको राजनितिकमा निकै शक्तिशाली रुपमा स्वाँर परिचत रहेका नेपाल पत्रकार महासंघ अछामका पुर्ब अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले बताए । उनले भने,‘स्वाँर जतिकै राजनितिमा शक्तिशाली अहिले जिल्लाबाट कोहि पनी छैन । उ बेला स्वारको नामले समेत राजनितिमा निकै प्रभाव राख्थ्यो ।’

अछामको विकासको योद्धाको रुपमा परिचित स्वाँरको ९४ वर्षको उमेरमा बिहीबार काठमाडौंमा निधन भएको छ । काठमाडौंको पुरानो बानेश्वरस्थित आफ्नै निवासमा उनको निधन भएको हो । कोरोना पोजिटिभ देखिएका उनलाई सोमबार मात्रै परिवारजनले नर्भिक अस्पताल थापाथलीबाट घर ल्याएका थिए । स्वाँर केही समययता देखि मुटु तथा उच्च रक्तचापको समस्याबाट पीडित थिए । उनका श्रीमती, २ छोरा र ४ छोरी छन् ।

परिवार भन्दा पनी देश र जनतालाई सधै महत्व बानी बुवाको रहेको स्वाँरका कान्छा छोरा बिजय स्वाँरले बताए । उनले भने,‘बुवाले शैक्षिक क्षेत्रलाई बढी महत्व दिनु भयो,अछाम र कैलालीमा शैक्षिक क्षेत्रको बिकासका लागी थुप्रो जग्गा समेत दान गर्नु भएको छ ।,

फोटो : नैनबहादुर स्वाँर संगै उनको रिडिकोटमा रहेको पुर्खेउली घर