मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ४३ जना कोरोना संक्रमित थपिए

अछाममा ४३ जना कोरोना संक्रमित थपिए


अछाम । अछाममा बुधबार थप ४३ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको छ । जिल्लाको कमलबजार नगरपालिका स्थापित पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना महिला र ३७ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

बुधबार संक्रमण पुष्टी सबैभन्दा बढी बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् । बान्नीगढीका ४ महिला र २३ पुरुष गरी २७ जनामा कोरोना पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

यस्तै जिल्लाको कमलबजार नगरपालिकाका १ जना महिला, चौरपाटी गाँउपालिकाका २ जना पुरुष, मंगलसेन नगरपालिकाका १ महिला र ९ जना पुरुष, मेल्लेख गाँउपालिकाका १ जना पुरुष र साँफेबगर नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।

यस्तै जिल्ला बाहिरका थप ३ जनामा समेत कोरोना पुष्टी भएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक गाँउपालिकाका १ जना पुरुष र बुढीगंगा नगरपालिकाका २ जना पुरुषमा समेत कोरोना देखिएको छ ।

कमलबजार पिसिआर प्रयोगशालाले हालसम्म २५ सय ६५ जनाको कोरोना परिक्षण गरेकोमा ३ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यस्तै ६४ जनाको पुन परिक्षणमा २५जनामा कोरोना दोश्रो पटक पनि पोजेटिभ देखिएको छ ।