काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४२६ जनालाई कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण भएकोमा ४२६ जनालाई कोरोना पोजेटिभ देखिएको हो। आज सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका १६७ जना छन्। यो सँगै कोरोना संक्रमितको संख्या दुई लाख ६१ हजार १९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये दुई लाख ५३ हजार १०७ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ७४८ जना कोरोना मुक्त भएका छन्। यसैगरी २४ घण्टामा आठ संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमित मृतकको संख्या एक हजार ८६४ पुगेको छ।




















प्रतिक्रिया