मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा स्थानिय तहमा स्वाब संकलन हुनै छाड्यो

अछाममा स्थानिय तहमा स्वाब संकलन हुनै छाड्यो

अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य, सबै निको भएर घर फर्किए


“अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य, सबै निको भएर घर फर्किए”

अछाम : जिल्लामा कोरोना भाईरस कोभिड १९ को सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्लामा देखिएका कोरोना संक्रमितहरु निको भएर घर फर्के पछि सक्रिय संक्रमितको संख्या शुन्य भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार आईतबार सम्मको रिपोर्ट अनुसार जिल्लामा कोरोनाका सक्रिय संक्रमितहरु शुन्य रहेको छ ।

हालसम्म जिल्लाभरीमा १३ हजार २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १ हजार ६ सय ६८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो भने ११ हजार ४ सय ९४ जनाको नेगेटिभ रिपोर्ट आउको थियो ।

संक्रमित मध्ये सबै भन्दा बढी सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाका ४ सय ५० जना र कम ढकारी गाँउपालिकाका ३१ जना रहेका थिए । यस्तै कमलबजार नगरपालिकाका १ सय ३ जना, तुर्माखाँद गाँउपालिकाका ७२ जना, पञ्चदेवल बिनायक नगरपालिकाका १ सय २ जना संक्रमित रहेका थिए ।

यस्तै बान्नीगढी जयगढ गाँउपालिकाका १ सय ८३ जना, मेल्लेख गाँउपालिकाका १ सय ४ठ जना, रामारोशन गाँउपालिकाका १ सय ८४ जना, साँफेबगर नगरपालिकाका ३ सय जना र चौरपाटी गाँउपालिकाका ९६ जना संक्रमित रहेका थिए ।

ति सबै १ हजार ६ सय ६३ जना निको भएर घर फर्के संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो ।

हाल सम्म जिल्लामा ५ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा चौरपाटी गाँउपालिकाका १ जना, बान्नीगढी जयगढ गाँउपालिकाका २ जना, रामारोशन गाँउपालिकाका १ जना र साँफेबगर नगरपालिकाका १ जना रहेका छन् ।

स्थानिय तहमा स्वाब संकलन हुनै छाड्यो ।

अछाम जिल्लाका १० स्थानिय तहमा स्वाब संकलन नभएको पाइएको छ । हाल कुनै पनि स्थानिय तहमा स्वाब संकलन नभएको पाईएको हो ।

सुरु सुरुमा सबै तहमा सक्रिय रुपमा स्वाब संकलन भए पनि हाल छिटफुट बाहेक स्वाब संकलन भएको पाइदैन।

जिल्लाको एकमात्र कोरोना परिक्षणका लागि स्थापना भएको कमलबजार पिसिआर प्रयोगशालामा स्वाब आउने डर एकदमै कम भएको छ । स्वाब संकलन नहुदाँ समेत कोरोना संक्रमणको दर घटेको हुन सक्ने अनुमान गरिएको छ ।