मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ खोप अभियान : पहिलो दिन अछाममा २ सय ३६ जनालाई खोप लगाईयो

कोभिड १९ खोप अभियान : पहिलो दिन अछाममा २ सय ३६ जनालाई खोप लगाईयो

खोप लगाउदा हुने जोखिमका लागि एक टोली तयारी अवस्थामा


अछाम । आज देशैभर कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप सुरु भएको छ । जस अन्र्तगत अछाम जिल्लामा पनि आज पहिलो दिन खोप लगाईएको छ ।

खोप अभियानको पहिलो दिन आज स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मी लगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।

ढुंगानाका अनुसार आज जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, बयालपाटा अस्पताल र मंगलसेन नगरपालिका अन्र्तगतका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय ३६ जनालाई खोप लगाईएको छ ।

जसमा ९९ जना स्वास्थ्यकर्मी मात्र रहेको र अन्य १ सय ३७ जना स्वास्थ्यसंग सम्बन्धीत अन्य कर्मचारी रहेका प्रमुख ढुंगानाले जानकारी दिए । सफाईसंग सम्बन्धीत ५६ जना, महिला स्वास्थ्य स्वयमसेविका ७५ जना, एम्बुलेन्स डाईभर ३ जना र १ जना सुरक्षाकर्मीले आज पहिलो दिन खोप लगाएका छन् ।

आज बिहान मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले कोभिड १९ बिरुद्धको खोप अभियान सुरु भएको ब्यानर बाचन गरेर घोषणा गरेका थिए ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाबाट खोप लगाएर अभियानको सुरुवात ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगाना पहिलो खोप लगाएर अभियानको सुरुवात गर्दै

अछाममा स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाबाट खोप लगाएर अभियानको सुरुवात गरिएको थियो । ढुंगानाले आफुले पहिलो खोप लगाएर अभियान सुरु गरेको सुदूरआजलाई बताए ।

यस्तै जिल्ला अस्पतालका नर्सिङ निरीक्षक गंगा बुढामगरले पनि ढुंगाना संगै खोप लगाएकी थिईन् भने जिल्ला अस्पताल अछामका डा. अतुल भारद्धाजले पनि कोभिड बिरुद्धको खोप लगाएका छन् ।

यता बयालपाटा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकले पनि कोभिड बिरुद्धको खोप लगाएका छन् । उनले जिल्ला अस्पताल पुगेर खोप लगाएका थिए ।

बयालपाटा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठक कोभिड बिरुद्धको खोप लगाउदै

बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित अन्य कर्मचारी गरेर ९४ जनाले आज खोप लगाएका छन् । कोभिड १९ बाट सुरक्षित हुने आफुले खोप लगाएको भन्दै डा. पाठकले सबैलाई खोप लगाउन अनुरोध समेत गरेका छन् ।

खोप लगाउदा हुने जोखिमका लागि एक टोली तयारी अवस्थामा

खोप लगाउदा हुन सक्ने अवाञ्छित घटनाको ब्यवस्थापनको लागि जिल्ला अस्पताल अछामले एक टोली तयारी अवस्थामा रहेको जनाएको छ ।लागि

खोप लगाउदा हुने सक्ने सम्भावित जोखिमलाई मध्य नजर गर्दै जिल्ला अस्पतालका डा अतुल भारद्वाज, डा. दिनेश गिरी, अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको अस्पतालले जनाएको हो ।

जोखिमका लागि जिल्ला अस्पतालमा तयार पारिएको बेड