मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण थप एकजनाको मृत्यु, १७१ संक्रमित थपिए

कोरोनाका कारण थप एकजनाको मृत्यु, १७१ संक्रमित थपिए


काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३० पुगेको छ ।

गएको चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ ।

हाल क्वारेन्टिनमा ९५ जना छन् भने आइसोलेसनमा दुई हजार ४०० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।