मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछममा कोभिड १९ को खोप अभियान लम्बियो, माघ २३ सम्म खोप लगाउन सकिने

अछममा कोभिड १९ को खोप अभियान लम्बियो, माघ २३ सम्म खोप लगाउन सकिने


अछाम : जिल्लामा सुरु भएको कोभिड १९ बिरुद्धको खोप अभियान माघ २३ सम्म जारी रहने भएको छ । माघ १४ देखि १९ सम्म संचालन भएको खोप अभियानमा लक्ष्य अनुसार खोप नलगाएकाले अभियानलाई थप गरिएको हो ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाका अनुसार ६ दिनको अवधिमा ५८ दशमलव ९३ प्रतिशत मात्रले खोप सेवा लिएकाले अभियानलाई थप गरिएको हो । लक्ष्य अनुसारको प्रगति हाँसिल गर्न खोप लगाउने समयसिमा थप गरिएको प्रमुख ढुंगानाले बताए ।

हालसम्मा २ हजार डोजमा १२ सय डोज सकिएको र ८ सय डोज बाँकी रहेको उनले जानकारी दिए । जिल्लाका सबै स्थानिय तह तथा अन्य क्षेत्रमा काम गर्ने पहिलो प्राथमिक्तामा परेका नागरिकलाई जिल्ला अस्पताल मंगलेसनमा आएर कोभिड १९ बिरुद्धको खोप लगाउन ढुंगानाले अनुरोध समेत गरेका छन् ।

मंगलबार कोभिड रोग रोकथाम तथा नियन्त्रण एवंम कोभिड १९ बिरुद्धको खोप अभियान संचालन तथा व्यावस्थापनका जिल्ला समन्वय समिती संयोजक प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले खोप अभियान थप गर्ने निर्णय गरेको हो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना, समितिका सदस्य सचिव झनकराज ढुंगाना, जिल्ला अस्पतालका डा. अतुल भारद्धाज तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

देशभर संगै अछाममा पनि पहिलो चरणमा फ्रण्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शब व्यावस्थापन टोली र स्वास्थ्यसंग सम्बन्धी अन्य कर्मचारीका लागि खोप अभियान सुरु गरिएको थियो ।