मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोली हुने साधारण सभाको तयारी अन्तिम चरणमा, पूर्व अध्यक्ष झा सहभागी हुदै

भोली हुने साधारण सभाको तयारी अन्तिम चरणमा, पूर्व अध्यक्ष झा सहभागी हुदै


अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको साधारण सभा भोली साँफेबगरमा हुने भएको छ । शाखाको सातौँ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष खम्म खत्रीले बताए ।

अध्यक्ष खत्रीका अनुसार साधारण सभाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ, सभा स्थलमा मञ्च व्यावस्थापन लगायतका काम आज हुनेछन् । भोलि १२ बजे नेपालमा ४ धाम मध्येको एक बैद्यनाथधाममा सभाको उद्घाटन गरिने उनले सुदूरआजलाई बताए

साधारण सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावल, केन्द्रिय सदस्य मिन बम आउने भएका छन् ।

साधारण सभामा सहभागीताका लागि नजिकका जिल्ला बाजुरा, डोटी, बझांग लगाएतका अध्यक्षहरुलाई समेत आमन्त्रण गरिएको शाखा अध्यक्ष खत्रीले बताए ।

यस्तै साधारण सभामा सहभागी हुन नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष तथा सल्लाहकार बेदप्रकाश तिमिल्सैना, पूर्व अध्यक्ष तथा सल्लाहकार एवंम प्रेस युनियनका केन्द्रिय सदस्य राम बहादु कुवँर, निर्वतमान अध्यक्ष जनक भण्डारी, प्रेस युनियनका जिल्ला अध्यक्ष टंकप्रसाद रिमाल मंगलबार नै साँफेबगरमा रहेका छन्।

यस्तै महासंघका कार्यसमिती पदाधिकारी, केन्द्रिय पार्सद, साधारण सदस्य, प्रेश संगठनका नेता, यूनियनका नेता समेत साँफेबगर पुगिसकेका छन् भने बाँकी आज पुग्ने कार्यक्रम रहेको जिल्ला सचिव होम साउदले जानकारी दिए ।