मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साधारण सभामा ६ जना अग्रज पत्रकार सम्मानित, भट्टलाई प्रशंसा प्रदान

साधारण सभामा ६ जना अग्रज पत्रकार सम्मानित, भट्टलाई प्रशंसा प्रदान


अछाम : अछाम जिल्लाको पत्रकारिता क्षेत्रको विकास र जिल्लामा संचार माध्यम निर्माणमा खेलेको योग्दानको कदर गर्दै जिल्लाका अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

अछामको पत्रकारीता क्षेत्रको पूर्नउथ्थान र विकासमा अतुलनिय योग्दान गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले सम्मा गरेको हो ।

शाखाको सातौँ साधारण सभाको अवसरमा शाखाका संस्थापक बेद प्रकाश तिमिल्सैना, पूर्व अध्यक्ष राम बहादुर कुवँर, जनकराज भण्डारी, प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र कुवँर, प्रेस युनियनका पूर्व अध्यक्ष यज्ञराज ढुंगाना, शाखाका पूर्व जिल्ला सचिव शिव ढुंगानालाई सम्मन गरिएको हो ।

उनिहरुको योग्दान जिल्लाको लागि महत्वपूर्ण रहेको भन्दै सम्मान गरिएको शाखा अध्यक्ष खम्म खत्रीले बताए ।

यसैबीच शाखाका सक्रिय सदस्य डन्डीराज भट्टलाई प्रशंसा प्रदान गरिएको छ । शाखाको सातौँ सधारण सभा सफल पार्ने महत्वपुर्ण भमिका निवार्ह गरेको भन्दै भट्टलाई प्रशंसा पत्र प्रदान गर्दै अध्यक्ष खत्रीले सम्मान गरेका थिए ।