मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृहत पोषण बिषेश कार्यक्रम सम्बन्धी क्षमता अभिबृद्धि तालिम साँफेमा सुरु

बृहत पोषण बिषेश कार्यक्रम सम्बन्धी क्षमता अभिबृद्धि तालिम साँफेमा सुरु


अछाम । बृहत पोषण बिषेश कार्यक्रम सम्बन्धी स्वास्थ कार्यकर्ताहरुका लागी क्षमता अभिबृद्धि सम्बन्धी ७ दिने तालिम आजबाट साँफेबगरमा सुरु भएको छ । साँफेबगर नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा २८ जना स्वास्थकर्मीहरुको सहगिता रहेको छ ।

तालिम उद्घाट सत्रका प्रमुख अतिथि कुल बहादुर कुवरले नगरपालिकाकाले पोषणलाई प्राथमिकतामा राखेको भन्दै नगरका नागरिक स्वस्थ्थ नहुदा सम्म सुन्दर र समृद्ध साँफेबगरको कल्पना गर्न नसक्ने बताएका छन् ।

उनले नगरका २ वडा पोषणमैत्री घोषणा गरिएको र बाकि तयारी अवस्थामा रहेको बताए । पोषणमा सुधार गर्नका लागी सबैभन्दा पहिला व्यवहारमा परिवर्तन गर्न जरुरी रहको उनको भनाई थियो । नगर प्रमुख कुवरले सन्तुलित भोजन खान र समयको ख्याल गर्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकउत झनकराज ढुगानाले महिला किशोरी र बालबालिकाहरुलाई प्राथमिकतामा राखेको यो कार्यक्रम सचालन गरिएको बताए । ढुगानाले अन्य प्रदेश भन्दा सुदुरपश्ची प्रदेशको अवस्था एकदमै दयनिय रहेकाले पोषणमा सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।

कुनै एउटा मात्र क्षेत्रले पोषणको अवूथा सुधार्न नसक्ने यसका लागि सबै क्षेत्रको सहयोग र पहल अनिवार्य रहेको उनको भनाई थियो । साँफेबगर नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुष्प बुढाको अध्यक्ष्तामा भएको कार्यक्रममा एचए हिमालय जोशीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए भने सचालन साफेबगर स्वास्थ शाखाका लक्षमणनाथ योगीले गरेका हुन ।