मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघ प्रदेशको दोश्रो साधारणसभाबाट १२ जना पत्रकार पुरुस्कृत

महासंघ प्रदेशको दोश्रो साधारणसभाबाट १२ जना पत्रकार पुरुस्कृत


दार्चुला शाखा र पहुरा दैनिक सम्मानित

अछाम । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले प्रदेशका १२ जना पत्रकारलाई पुरुस्कार संगै एक शाखा र एक मिडिया हाउसलाई सम्मान गरेको छ । प्रदेशको दोश्रो सभारण सभाबाट उनिहरुलाई सम्मान गरिएको हो ।

पत्रकारीताको माध्यमाबाट सामाजिक रुपान्त्ररण र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दै उनिहरुलाई सम्मान गरिएको प्रदेश महासचिव योगेश रावलले बताए । शुक्रबार एक कार्यक्रमका बिच सम्मानित पत्रकारहरुलाई सुदूरप्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सम्मान पत्र सहित नगद पुरुस्कारले सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको वर्तमान कार्य समितिले स्थापना गरेका विभिन्न विधाका सम्मान तथा पुरस्कारबाट सम्मानित हुनेमा सुदुरपश्चिम पत्रकारिता तारा सम्मान बाट नगद १३ हजार सहित रामबहादुर चन्द सम्मानित भएका छन् ।

अग्रज पत्रकारिता सम्मानबाट नगद १२ हजार ५ सय सहित चित्रांग थापा कञ्चनपुर र मनमोहन स्वाँर कैलालीलाई सम्मान गरिएको छ भने लिलानाथ ओझा स्मृति पत्रकारिता सम्मानबाट नगद १२ हजार सहित डीआर पन्त डडेलधुरालाई सम्मान गरिएको हो ।

कर्ण बोहरा स्मृति पत्रकारिता सम्मानबाट बसन्तप्रताप सिंह (बझांग) र जेपी जोशी स्मृति पत्रकारिता सम्मान प्रकाश सिंह (बाजुरा) लाई नगद १२ हजार सहित सम्मान गरिएको महासंघ प्रदेशले जनाएको छ ।

यस्तै जयपृथ्वी बहादुर सिंह पत्रकारिता पुरस्कारबाट नगद ११ हजार सहित ३ जना सम्मानित भएका छन् । खगेन्द्रबहादुर सिंह (डोटी), उन्नती चौधरी (कैलाली), मनोज बडु (दार्चुला) लाई सम्मान गरिएको हो ।

र केआइसिंह पत्रकारिता पुरस्कारबाट पनि नगद ११ हजार सहित प्रदेशका विभिन्न ३ जिल्लाका पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा अछामका गीता कुवँर, कञ्चनपुरका दुर्गा उपाध्याय र बैतडीबाट तृप्ति शाही रहेका छन् ।

यस्तै प्रदेशले यसबर्षको शाखा सम्मान महासंघ दार्चुला शाखालाई प्रदान गरेको छ भने एक मात्र थारु भाषाको पत्रिका पहुँरा दैनिकलाई मिडिया हाउस सम्मान प्रदान गरिएको छ ।