मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ३ ठाँउबाट कोभिड १९ बिरुद्धको खोप अभियान संचालन हुदैँ

अछामका ३ ठाँउबाट कोभिड १९ बिरुद्धको खोप अभियान संचालन हुदैँ

२१ सय बढीलाई खोप लगाउने लक्ष्य


दोश्रो प्राथमिक्तामा परेका नागरिकका लागि खोप अभियान संचालन गरिदैँ

अछाम : देशैभर पुन पहिलो चरण अन्र्तगत दोश्रो प्राथमिक्तामा रहेका नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाईने भएको छ । लक्षित समुह अन्र्तगत पहिलो चरणको दोश्रो प्राथमिक्तामा रहेका नागरिकलाई फागुन २ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने भएको हो ।

अछाम जिल्लामा पनि कोभिड १९ बिरुद्धको खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । जिल्लाभरीबाट दोश्रो प्राथमिक्तामा रहेका २ हजार १ सय जना भन्दा बढी लक्षित समुहलाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालय अछामले लिएको छ ।

फागुन २ गते देखी ६ गते सम्म जिल्लाका ३ ठाँउमा खोप केन्द्र स्थापना गरी कोभिड १९ बिरुद्धको खोप अभियान संचालन गरिने ढुंगानाले बताए । उनका अनुसार जिल्ला अस्पताल मंगलसेन, कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र बयालपाटा अस्पतालमा खोप अभियान संचालन गरिने भएकाले पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिनेछ ।

जिल्ला अस्पताल अछाममा

जिल्ला अस्पतालमा फागुन २ गते जिल्ला स्थित सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई जिल्ला अस्पताल अछाममा खोप लगाईने छ भने ३ गते मंगलसेन नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, बैँकका कर्मचारी र जिल्ला स्थित संचारकर्मीलाई खोप लगाईने छ ।

४ गते रामारोशन गाँउपालिका अन्र्तगतका कर्मचारी, जनप्रतिनिधी संचारकर्मी, बैँकका कर्मचारी तथा शब व्यावस्थापनमा खटिएका कर्मचारीलाई खोप लगाईने छ । यस्तै फागुन ५ गते जिल्ला स्थित सबै बाँकी रहेका कार्यालयका कर्मचारी र ६ गते यसअघि पहिलो प्राथमिक्तामा र दोश्रो प्राथमिक्तामा परेर छुटेका नागरिकलाई खोप लगाईने स्वास्थ्य कार्यालय अछामले जनाएको ।

बयालपाटा अस्पतालमा

बयालपाटा अस्पतालमा फागुन ३ गते साँफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाँउपालिका अन्र्तगतका जनप्रतिनिधी, कर्मचारी संचारकर्मी र बैँकका कर्मचारीलाई खोप लगाईने छ भने फागुन ४ गते चौरपाटी र मेल्लेख गाँउपालिकाका कर्मचारी, जनप्रतिनिधी, सचारकर्मी र बैँकका कर्मचारीलाई कोभिड १९ बिरुद्धको खोप लगाईने भएको छ ।

कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा

कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा पनि फागुन ३ र ४ गते कोभिड १९ बिरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । ३ गते कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, संचारकर्मी र बैँकका कर्मचारीलाई खोप लगाईने छ भने ४ गते तुर्माखाँद तथा ढकारी गाँउपालिका अन्र्तगतका जनप्रतिनिधी, कर्मचारी, संचारकर्मी र बैँकका कर्मचारीलाई खोप लगाईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।