मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक संघ चौरपाटीको तेस्रो प्रतिनिधि भेला सम्पन्न

शिक्षक संघ चौरपाटीको तेस्रो प्रतिनिधि भेला सम्पन्न


अछाम : नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीकाको तेस्रो प्रतिनिधि भेला बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षक संघ चौरपाटिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथी नेपाली कंग्रेसका पुर्ब पार्टी सभापति मेघराज खड्का रहेका थिए।

बैठकमा शिक्षक संघ अछामका संघिय प्रतिनिधि प्रेम बहादुर कुँवर र नेपाली कांग्रेस अछामका जिल्ला सदस्य दिप बहादुर कुंवर बिशिस्ट अतिथि रहेका थिए।

पुर्ब पार्टी सभापति खड्काले समाज परिवर्तनको बहाक र जिम्मेवार शिक्षकहरुलाइ राज्यले उचित सम्मान दिन नसकेको दुखेसो गरे। कतिपय गलत प्रवृत्तिका शिक्षकका कारण अन्य सम्पुर्ण शिक्षक गुरुहरु अपमानित हुनु परेकोले शिक्षकहरुले नैतिकतावान र जिम्मेवार हुनुपर्नेमा खड्काको जोड थियो।

एक अर्को प्रसंगमा पुर्ब सभापति खड्काले नेपालको इतिहासमा कम्न्युस्ट सरकारले कहिल्यै पनि निर्वाचन गराउन नसकेको र घोषित निर्वाचन पनि नहुने उल्लेख गरे । त्यस्तै बिशिस्ट अतिथी प्रेम बहादुर कुवंरले आस्थाका आधारमा शिक्षक माथी भेदभाव गर्नु स्थानीय सरकारको गम्भीर गल्ती भएको बताए।

साथै शिक्षक र ब्यस्थापन समितिको सहमती बिना गरिने सरुवाको बिरुद्द्मा संघ र संगठन नभनी एकजुट भएर लाग्नु पर्ने बताए । भेलामा नेपाली काग्रेसका चौरपाटीका सभापति गणेश शाह, पालिका उपाध्यक्ष माया कुंवर, शिक्षक महांसंघ चौरपाटीका अध्यक्ष बम बहादुर शाह महिला शिक्षक समाजका जिल्ला सदस्य सरस्वती धामी लगायत ले मन्तव्य राखेका थिए।

भेलाले शैक्षिक गुणस्तर वृद्धि र पेसागत शुरक्षामा कटिबद्ध गराउने र बिद्यालय कर्मचारी र बालबिकासका शिक्षिकाको तलब वृद्धि गर्न सम्बन्धित निकायलाई माग गर्ने निर्णय गरेको छ । शिक्षक संघ चौरपाटिका उपाध्यक्ष जगदिश खड्काको स्वागत मन्तव्य बाट सुरु भएको सञ्चालन सचिव देवबहादुर साउँदले गरेका थिए।